हाम्रो बारेमा

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

यसको लागि यस प्रयोगशाला अन्तर्गत निम्न चार किसिमको शाखाहरुले तल उल्लेखित कार्य गर्दछ |

क. नसर्ने रोग प्रयोगशाला शाखा

१. नसर्ने रोग प्रयोगशाला सम्बन्धी प्रदेश स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।

२. नसर्ने रोग प्रयोगशाला सम्बन्धी निर्देशिका, प्रोटोकल तथा  मापदण्ड एवं गुणस्तर निर्धारण  सम्बन्धी कार्यहरू गर्ने ।

३. डाइविटिज, किड्नी, लिभर, मुटु तथा अन्य वातावारणीय एलर्जी )इम्युनोलोजी आदि सम्बन्धी) रोगहरुको प्रेषण प्रयोगशाला सम्बन्धी कार्य गर्ने ।

४. न्यूट्रेसनल, मेटावोलिक तथा हर्मोनल सम्बन्धी रोगहरुहरुको प्रेषण प्रयोगशाला सम्बन्धी कार्य गर्ने ।

५. सिकलसेल, थालासेमिया तथा अन्य रगत रोगहरुको लागि प्रेषण प्रयोगशाला सम्बन्धी कार्यहरु गर्ने ।

६. क्यान्सर सम्बन्धी रोगहरुको निदान तथा प्रेषण प्रयोगशाला सम्बन्धी कार्यहरु गर्ने ।

७. नसर्ने रोगहरुको प्रयोगशाला परीक्षण सम्बन्धमा अनुसन्धनात्मक कार्यहरु सञ्चालन गर्ने र अनुसन्धानका नतिजाहरु प्रदेश भर सञ्चालित प्रयोगशालाहरुमा आदन प्रदान गर्ने ।

८. नसर्ने रोगहरुको सर्भिलेन्स सम्बन्धी कार्यहरु गर्ने साथै प्रदेश भित्रका सर्भिलेन्सका नतिजाहरुका सम्बन्धमा आवश्यकता अनुसार समन्वय गर्ने । 

९. नमुना संकलन सम्बन्धी कार्यहरु गर्ने, बिलिङ्ग सम्बन्धी कार्यहरु गर्ने

. संक्रामक रोग प्रयोगशाला शाखा

१. संक्रामक रोग प्रयोगशाला सम्बन्धी प्रदेश स्तरमा आवश्यक कानून, नीति तथा मापदण्ड निर्माणका लागि आवश्यक सहयोग गर्ने ।

२. संक्रामक रोग प्रयोगशाला सम्बन्धी निर्देशिका, प्रोटोकलतथा  मापदण्ड एवं गुणस्तर निर्धारण  सम्बन्धी कार्यहरू गर्ने ।

३. अर्बोभाइरल (लामखुट्टेको टोकाई बाट सर्ने  जे.ई, .डेंगु, चिकनगुनिया) तथा जुनोटिक रोग को सर्भिलेन्स सम्बन्धी कार्य ।

४. इम्युनाइजेशन प्रिभेन्टेबल रोगहरु (मिजल्स, रुवेला तथा पोलीयो) को सर्भिलेन्स सम्बन्धी कार्य ।

५. एण्टिमाइक्रोवियल रेसिस्टेन्स (AMR) को सर्भिलेन्स सम्बन्धी कार्य ।

६. खाद्य सामाग्री तथा पानीको गुणस्तर सम्बन्धी माइक्रोवायोलोजिकल सर्भिलेन्स सम्बन्धी कार्य ।

७. डायरियल रोगहरु (Rota, Cholera),  श्वास प्रश्वास सम्बन्धी रोगहरु (RSV, swine फ्लु, रुघाखोकी, CORONA) को, फंगसबाट लाग्ने रोगहरुको तथा इन्फुलेन्जा सर्भिलेन्स सम्बन्धी परीक्षणको प्रेषण प्रयोगशाला सम्बन्धी कार्यहरु गर्ने।

८. एच.आई.भि. रिफरेन्स ल्याब (एच.आई.भि. भाइरललोड, एच.बि.एस.ए.जी, एच.सि.भि., सि.डि.फोर, इ.आइ.डि) सञ्चालन गर्ने ।

९. परजिवी सम्बन्धी मलेरिया, कालाजर, हात्तिपाइले, आदि) प्रेषण प्रयोगशाला सञ्चालन गर्ने ।

१०. टि.बि. सम्बन्धी प्रेषण प्रयोगशाला सञ्चालन गर्ने ।

११. संक्रामक रोग सम्बन्धी अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्ने र अनुसन्धानका नतिजाहरु वितरण गर्ने ।

१२. महामारी रोकथाम नियन्त्रणको लागि सबै सम्बन्धित शाखा / उपशाखाका पदाधिकारीहरु समेटिएको एउटा महामारी रोकथाम समिति गठन गरिने छ र उक्त समितिको समन्वयको कार्य इपिडिमियोलोजिष्टले गर्नेछन् ।

. गुणस्तर नियन्त्रण तथा तालिम शाखा

१. संक्रामक रोग, क्यान्सर, न्यूर्टेन्ट रोग तथा रक्त सञ्चार सेवाको गुणस्तर नियन्त्रणको लागि आवश्यक गुणस्तर नियन्त्रण सम्बन्धी नमुनाहरु तयार गर्ने ।

२. तयार गरिएका गुणस्तर नियन्त्रण नमुनाहरु मासिकरुपमा प्रादेशिक प्रयोगशालाहरुमा पठाउने ।

३. प्रादेशिक प्रयोगशालाहरुबाट गुणस्तर नियन्त्रणका लागि पठाइएको नमुनाहरुको परीक्षणको नतिजा संकलन गर्ने, विश्लेषण गर्ने र आवश्यक पृष्ठपोषण गर्ने ।

४. गुणस्तर नियन्त्रण कार्यमा सम्लग्न प्रादेशिक प्रयोगशालाहरुको अन साइट भ्रमण गर्ने सेवा गुणस्तर सम्बन्धी कार्यको भौतिकरुपमै निरीक्षण गर्ने ।

५. प्रादेशिक प्रयोगशालाहरुका प्रयोगशालाकर्मीहरुमा (ToT)  तालिम प्रदान गर्नुका साथै प्रयोगशाला सेवा सञ्चालनकालागि आवश्यक सहयोग गर्ने ।

६. प्रादेशिक प्रयोगशालाहरुमा विश्व स्वास्थ्य संगठन तथा ISO जस्ता संस्थाहरुको मान्यता प्राप्त गराउन आवश्यक सहजीकरण गर्ने ।

७. व्याक्टेरियोलोजी सम्बन्धी आधारभूत तालिमका साथै AMR सम्बन्धी तालिमहरु सञ्चालन गर्ने ।

घ. आर्थिक तथा प्रशासन शाखा

-प्रयोगशालाका कर्मचारीहरुको हाजिर तथा विदा ब्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

-प्रयोगशालाका कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने ।

-प्रयोगशाला अन्तरगत दर्ता, चलानी सम्बन्धी कार्य गर्ने ।

-प्रयोगशालाको भवनको सुरक्षा, सरसफाई, बत्ति, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने ।

-प्रयोगशालामा रहेका सरसामानहरुको रेखदेख तथा मर्मत सम्भारको ब्यवस्था मिलाउने ।

-प्रयोगशाला अन्तरगत जिन्सी ब्यवस्थापन गर्ने ।

-प्रयोगशालाको कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।

-प्रयोगशाला र अन्तरगतका कार्यालयका लागि आर्थिक विवरण तयार गर्ने ।

-प्रयोगशाला अन्तरगत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।

-प्रयोगशाला अन्तरगतका शाखाहरुको बजेट निकासा गराउने ।

-प्रयोगशालाको आन्तरिक लेखा परिक्षण गराउने ।

-प्रयोगशाला अन्तरगतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने ।

-प्रयोगशाला अन्तरगत बेरुजुको लगत राख्ने तथा बेरुजु फछ्र्यौट गराउने ।

-प्रयोगशालाको कार्य संचालनको निकासा लिने ।

-प्रयोगशाला अन्तरगत बिलिङ्को कार्य गर्ने ।

-प्रयोगशालाको दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।

-प्रयोगशालाको आर्थिक तथा आन्तरिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक विवरण तयार गर्ने ।

-प्रयोगशालाको आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।

-संघीयस्तरको वार्षिक कार्य योजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।

टेक्निकल प्रयोगशालाकर्मी:

श्री गुनानन्द साह

श्री मनमोहन मिश्र

श्री युगर किशोर यादव

श्री राम उद्गार यादब

श्री कर्मशील गोप

श्री उमेश चौधरी

आर्थिक प्रसाशन:

श्री अमरदीप महतो

श्री विजय मण्डल