
प्रणव कुमार यादव
नि. निर्देशक
जनस्वास्थ्य प्रयोगशाला सेवा प्रदेशमा ब्यबस्थित रुपले नेपालको प्रत्येक प्रदेशमा प्रादेशिक प्रयोगशालाको स्थापना भएको हो | मधेश प्रदेश मा स्थापित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले मधेश प्रदेशका सम्पूर्ण सरकारी र प्राइभेट प्रयोगशालाहरुको प्रयोगशाला सेवालाइ ब्यबस्थित गरी जनताको प्रयोगशाला सेवालाइ भरपर्दो बनाइ गुणस्तरीयताको सुनिश्चित गर्नको लागी स्थापना गरिएको हो | जनस्वास्थ्य प्रयोगशालाले नसर्ने रोग, संक्रामक रोग, जाँचको गुणस्तर नियन्त्रण तथा प्रयोगशालाको जनशक्तिलाइ तालिम प्रदान गरी प्रयोगशालाले सम्पूर्ण रुपमा निदान सेवा, रोगको सर्भेइलेन्स, अनुसन्धान लगायतका कार्यहरु गर्दछ | यसरी रोगको कारण पता लगाई रोग बल्झिनु भन्दा अघि शुरुकै अबधिमा पहिचान र उपयुक्त उपचार गर्ने र उपचार प्रभावकारी भए वा नभए यकिन गर्न सहयोग पुग्ने गरि र रोग पुर्णरुपमा निको भएको समेतको प्रमाणिकरण गर्ने कार्य गर्दछ |
यस प्रयोगशालाले समय सापेक्ष रुपले प्रयोगशालाका आधुनिक प्रविधिको उपयोग गरी रोगको निदान, उपचारको प्रभावकारिता र स्वास्थ्य प्रबर्धनका सम्पूर्ण सूचांकहरुको तथ्यलाइ उजागर गरि जनताको स्वस्थ्य रहने अधिकारको प्रत्याभूति गराउने उदेश्य प्राप्तिको लागि कार्य गर्दछ | नेपालको संबिधानले स्वास्थ्यलाइ नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको सन्दर्भमा प्रयोगशाला सेवालाई ब्यबस्थित बनाउने र राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले अबलम्बन गरेको अबधारणा अनुरुप स्वस्थ्य तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिकलाइ प्रत्याभूति गर्नको लागि साधनश्रोतको अधिकतम एबं प्रभावकारी प्रयोग गरी प्रयोगशाला सेवामा सहकार्य र साझेधारी गरि गुणस्तरीय प्रयोगशाला सेवाको पहुँच र उपभोग सुनिश्चित गर्नु पर्दछ |